आगामी शुक्रबार बुद्धभूमि हाइड्रोपावरको आईपीओ बाँडफाँट हुने

सहयात्रा टिभी

काठमाडौँ । असोज २१,  बुद्धभूमि नेपालले हाइड्रोपावर लिमिटेडले असोज ११ गतेदेखि १४ गतेसम्म बिक्री खुला गरेको साधारण सेयर को बाँडफाँट शुक्रबार हुने भएको छ ।

त्यसतै गरी कम्पनीको आईपीओको प्रिअलटमेन्ट बुधबार नै सम्पन्न भइसकेको छ । बिक्री प्रबन्धक सिभिल क्यापिटल लिमिटेडका अनुसार कम्पनीको आईपीओमा मागभन्दा धेरै आवेदन परेकोले गोलाप्रथाको माध्यमबाट बाँडफाँट गरिनेछ ।

बिक्री प्रबन्धक सिभिल क्यापिटल लिमिटेडका अनुसार कम्पनीको आईपीओमा अन्तिम दिनसम्म २१ लाख ११ हजार ८१९ जना आवेदकले आवेदन दिएका छन् । उक्त आवेदन सर्वसाधारणलाई माग गरिएभन्दा ३५.६६ गुणा बढी हो ।

कम्पनीले असोज ११ गतेदेखि १४ गतेसम्म एक सय अंकित दरका ८ करोड रुपैयाँबराबरको ८ लाख कित्ता आईपीओ जारी गरेको थियो । जसमध्ये ५ प्रतिशत अर्थात् ४० हजार कित्ता सेयर सामूहिक लगानी कोषहरु र २ प्रतिशत अर्थात् १६ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएर बाँकी ७ लाख ४४ हजार कित्ता सेयर सर्वसाधारणमा बिक्री गरिएको थियो ।

 

प्रकाशित : 7 October, 2021

प्रतिक्रिया दिनुहोस्