आजको विदेशी मुद्राको विनिमयदर

सहयात्रा टिभी

काठमाडौं । असोज २४, नेपाल राष्ट्र बैंकले आज विदेशी मुद्राको विनिमय दर तोक्दै एक अमेरिकी डलरको बिक्री मूल्य १२०.२८ रुपैयाँ तोकेको छ भने खरिद मूल्य ११९.६८ रुपैयाँ तोकेको जानकारी दिएको छ ।

यसैगरी, एक यूरोको बिक्री दर १३९.०९ र खरिद दर १३८.३९ रुपैयाँ तथा पाउन्डको बिक्री दर १६३.८७ र खरिद दर १६३.०५ रुपैयाँ तोकेको जनाएको छ ।

आज एक अष्ट्रेलियन डलरको बिक्री दर ८७.८४ कायम हुँदा खरिद दर ८७.४० रुपैयाँ कायम भएको छ । यता एसियन मुलुकतर्फ सिंगापुर डलरको बिक्री दर ८८.७२ र खरिद दर ८८.२८ रुपैयाँ तथा १० जापानी येनको बिक्री १०.७६ रुपैयाँमा हुँदा १०.७० रुपैयाँमा बिक्री भइरहेको छ ।

चिनियाँ युआनको बिक्री १८.६५ र खरिद १८.५६ रुपैयाँ तथा साउदी अरबको रियालको बिक्री ३२.०७ र खरिद ३१.९१ रुपैयाँ तोकिएको केन्द्रीय बैंकले जानकारी दिएको छ ।

कतारी रियालको बिक्री ३२.८७ रुपैयाँ र खरिद दर ३२.७१ रुपैयाँ कायम हुँदा यूएईको दिरामको बिक्री ३२.७५ र खरिद ३२.५८ रुपैयाँ तोकिएको छ । यस्तै, मलेसियन रिंगटको बिक्री २८.७९ र खरिद २८.६५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित : 10 October, 2021

प्रतिक्रिया दिनुहोस्