आज नेप्समा उच्च वृद्धि

सहयात्रा टिभी

काठमाडौं । कार्तिक ३, साताको चौथो बुधबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा उच्च वृद्धि देखिएको छ ।

बुधबार नेप्सेमा ६० दशमलब ५६ अंकको वृद्धिसँगै नेप्से दुईहजार पाँच सय ७१ दशमबल ६६ अंकमा पुगेको छ । बुधबार २ अर्ब ७६ करोड बराबरको कारोबार भएको छ ।

आज ३ अर्ब ७७ करोड ७३ लाखको कारोबार भएको छ । आजको कारोबारमा ६ कम्पनीका लगानीकर्ताले भने कमाएका छन् । बुधबार आँखुखोला जल विद्युत कम्पनीको शेयरमा १० प्रतिशतको वृद्धि देखिएको छ ।

त्यस्तैगरी, युनिभर्सल पावर , मैलुङ खोला जलविद्युत कम्पनी, नेशनल हाइड्रो पावर,सिएचडिसी जलविद्युत कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि देखिएको छ । बुधबार नविल बैंकको ९ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको पाईएको छ ।

प्रकाशित : 20 October, 2021

प्रतिक्रिया दिनुहोस्