एक जनाले गोली चलाउँदा छतीसगढमा ४ सिआरपीएफ जवान मारिए

काठमाडौँ । २२ कात्तिक, भारतको छत्तीसगढस्थित सुकमा जिल्लामा एक सिआरपीएफ जवानले गोली चलाउँदा चार जवानको मृत्यु भएको छ ।
गोली लागेर अन्य तीन जना घाइते भएका छन् । मरइगुडा प्रहरी स्टेशनभित्र एक जवानले गोली चलाउँदा उनीहरु मारिएका हुन् यो घटनाको कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।