पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध विद्यार्थीहरूको प्रदर्शन

सहयात्रा टिभी

बुटवल । कार्तिक २५ , पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि विरुद्धविद्यार्थीले बुटवलमा विरोध तथा आन्दोलन गरेका छन् ।

निगमले डिजेल, पेट्रोल र मट्टितेलको भाउ प्रतिलिटर ३ रुपैयाँ बढाएको छ । यससँगै पेट्रोलको भाउ प्रतिलिटर १३६ पुगेको छ भने मट्टीतेल र डिजेलको भाउ ११९ रुपैयाँ पुगेको छ ।

यसअघि निगमले गत कात्तिक १२ गते पनि डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढाएको थियो । त्यसतै गरी पेट्रोलियम पदार्थ तथा ग्यासमा गरेको मूल्यवृद्धिको विरोध गर्दै फिर्ता गर्ने मागसहित विद्यार्थी सडकमा उत्रिएका छन् ।

प्रकाशित : 11 November, 2021

प्रतिक्रिया दिनुहोस्