राष्ट्रपति भवनबाट राष्ट्रिय जनगणना सुरु

सहयात्रा टिभी

काठमाडौं । कार्तिक २६, शीतल निवासमा पुगेको गणकको टोलीलाई राष्ट्रपति भण्डारीले आफ्नो परिवारको तथ्यांक उपलब्ध गराउँदै ‘राष्ट्रिय जनगणना २०७८ को औपचारिक सुरुवात गरेकी हुन् ।

बिहीबारबाट राष्ट्रपति भण्डारीको पहिलो विवरण संकलन गर्दै देशभर १२औँ राष्ट्रिय जनगणना सुरु भएको छ । राष्ट्रपतिको जनगणनाका लागि शीतल निवास पुगेका गणकले सोधेको प्रश्नको उत्तर राष्ट्रपति स्वयंले दिएकी थिइन् । केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठसहितको टोली बुधबार बिहान राष्ट्रपति निवासमा पुगेका थिए ।

जनगणनाको प्रश्नावलीमा ८० वटा प्रश्नहरु समावेश गरिएको छ । देशभर गणकहरू जनताका घर–घरमा पुगेर जनगणना गरिरहेका छन् । ‘मेरो जनगणना मेरो सहभागिता’ नारासहित बिहीबारदेखि सुरु भएको जनगणना मंसिर ९ गते सकिँदैछ । देशभरको जनगणना गर्न ४० हजार गणक र ८ हजार ५ सय सुपरिवेक्षक खटाइएको छ ।

प्रकाशित : 12 November, 2021

प्रतिक्रिया दिनुहोस्