रौतहटमा कार दुर्घटनामा परी चार भारतीयको मृत्यु

सहयात्रा टिभी

जनकपुरधाम । २८ कात्तिक, रौतहटको यमुनामाई गाउँपालिका – ५ मा भारतीय नम्बरको कार दुर्घटना हुँदा चार जना भारतीय नागरिकको मृत्यु भएको छ।

चन्द्रनिगाहपुरबाट गौरतर्फ गइरहेको यूके १२ सी २९०० नम्बरको कार शनिवार राति करिब साढे १० बजे दुर्घटना हुँदा चार पुरुषाको मृत्यु भएको हो । कार अनियन्त्रित भएर नालामा खसेको प्रहरीले जनाएको छ ।

घटनास्थलबाट उनीहरुलाई उद्धार गरी अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले चारै जनालाई मृत घोषणा गरेको
रौतहटका प्रहरी प्रमुख एसपी बिनोद घिमिरेले जानकारी दिए ।

उहाँका अनुसार मृतकहरुको पहिचान खुल्न सकेका छैन । चारै जनाको शव पोष्टमार्टमका लागि गौर अस्पतालमा राखिएको छ ।

प्रकाशित : 14 November, 2021

प्रतिक्रिया दिनुहोस्