धौलागिरि हिमाल क्षेत्रमा हिमपहिरो

काठमाडौँ । कार्तिक २८, धौलागिरि हिमाल क्षेत्रमा भीणण हिमपहिरो गएको छ ।
आज मध्याह्न मुस्ताङको थासाङ गाउँपालिका वडा नं। २ कोवाङ , लार्जुङ र बोक्सीखोला माथिको हिमाली लेकमा हिमपहिरो गएको बताइन्छ ।
जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी रामप्रसाद अवस्थीका अनुसार मानापाथी, टुकुचेमा हिमपहिरो खसेको छ ।
जिल्ला प्रहरी कार्यालयका मुस्ताङका प्रहरी निरीक्षक आशिष अधिकारीले दिएको जानकारी अनुसार हिमपहिरो करिव ३० मिनेटसम्म जारी रहेको थियो ।
हिम पहिरोको कारण आसपासका क्षेत्र र कोवाङस्थित जनआर्दश अमरसिंह माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थीको भागदौड चलेको थियो ।