चुच्चे नक्साको क्षेत्रमा जनगणना अन्योलमा

काठमाडौँ । कार्तिक २९, १२ औं राष्ट्रिय जनगणना कात्तिक २५ गतेबाट देशव्यापीरुपमा शुरु भएको छ ।
जनगणनालाई भनेर मुलुकभर ४० हजार गणक र ८ हजार १६ जना सुपरिवेक्षक खटाइएको छ । गणनाको तेस्रो दिनसम्म आइपुग्दा देशभर अनुमानित १४ देखि १५ प्रतिशतको हारहारीमा तथ्याङ्क संकलनको काम सम्पन्न भएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।
चुच्चे नक्साभित्रको क्षेत्रमा पनि जनगणना गरिने बताउँदै आएको केन्द्रीय तथ्याङ्क विभागले उक्त क्षेत्रको जनगणना वैकल्पिक माध्यमबाट पछि गरिने बताउँदै आएको छ ।
कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रको जनगणना कसले र कसरी गर्दै छ भन्ने जनआस्थाको जिज्ञासाको जवाफ दिँदै विभागका प्रवक्ता तीर्थराज चौलागाईंले जनगणनाको सम्पूर्ण कार्य सकेपछि वैकल्पिक माध्यमबाट उक्त क्षेत्रको तथ्याङ्क संकलन गरिने भएको छ ।
भारत अतिक्रमित उक्त क्षेत्रमा गणक खटाएर तथ्याङ्क संकलन गर्न भारतीय पक्षको अनुमति चाहिने भएकाले सो ठाउँको जनगणना स्याटलाइट प्रविधी मार्फत गरिने छ ।