दर्शनार्थी बोकेको बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

ओखलढुंगा । २९ कात्तिक, ओखलढुंगाको चम्पादेवी ककनी मन्दिर दर्शन गर्न हिँडेकाे बोलेरो जीप सोमबार दुर्घटना हुँदा तीन जनाको मत्यु भएको छ । १४ जना घाइते भएका छन् ।
सुनकोशी गाउँपालिका-८ च्यानम हुँदै ककनीतर्फ जाँदै गरेको प्रदेश३-०१-०२२ च ९६९४ नम्बरको जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । मन्दिरतर्फ जाने क्रममा गाडी सुनकोशी गाउँपालिका-९ को जौबारी नजिकैको कुसाङमाभ सडकबाट करीब ६ सय मिटर तल खसेको थियो ।
दुर्घटनामा परी घाइते भएकाको उद्धार गरी उपचारका लागि सामुदायिक अस्पताल सोब्रु पठाइएको वडा अध्यक्ष झनक कार्कीले जानकारी दिनुभयो । गम्भीर घाइतेलाई काठमाडौँ लैजान हेलिकोप्टर झिकाइएको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।–न्युज कारखाना