सुनको मूल्य बढ्यो

सहयात्रा टिभी

काठमाडौँ । मंसिर ६, सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारका लागि छापावाल सुनको मूल्य ९३ हजार ९ सय रुपैयाँ तोकिएको छ।

आइतबार छापावाल सुन प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै तेजाबी सुनको आजको मूल्य प्रतितोला ९३ हजार ४ सय रुपैयाँ तोकिएको छ। त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १० रुपैयाँले बढेर १२ सय ७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। चाँदी आइतबार प्रतितोला १२ सय ६० मा रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित : 22 November, 2021

प्रतिक्रिया दिनुहोस्