८५ लाखमा सुरू भएको कटिया हाउस

सहयात्रा टिभी

काठमाडौं कार्तिक ९,  सिनामंगलमा रहेको लेकाली किचेन एन्ड कटिया हाउसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नपुग्दै सिनामंगल कटेर आउने उकालोको बाँयापट्टि आँखा मोडे ठ्याक्कै देखिन्छ।

 

लेकाली किचेन एन्ड कटिया हाउस रेस्टुरेन्टका अध्यक्ष तथा सह–सञ्चालक मधुसुदन ढकालका अनुसार हिमालदेखि तराईसम्मका धेरै परिकारको स्वाद एकै छतमुनि पाइने हुँदा यो नाम राखिएको हो।

काठमाडौं बासीलाई देशभरका विभिन्न खानाका स्वाद दिने योजनासँगै रेस्टुरेन्ट सुरू गरिएको हो ३४ वर्षीय मधुसुदनले भने, हाम्रो मेनुले जतिसक्दो धेरै प्रकारका परम्परागत खाना अटाएको छ।

यहाँ करिब तीन सय परिकार पाइने मधुसुदन बताउँछन्। जसमा रौतहटको कटिया, थकाली खाना, च्याङ्ग्राको सुकुटी, दाङको बदेलको मासु, गंगटा, बगैडी, घोंगी, हाँस, बदिया, बट्टाइको मासु, मार्सी भात लगायत छन्।

 

प्रकाशित : 25 November, 2021

प्रतिक्रिया दिनुहोस्