कुटपिटबाट एक जनाको हत्याःभक्तपुर

सहयात्रा टिभी

काठमाडौं । मंसिर २२, सुर्यविनायक नगरपालिका वडा नं २ बालकोट बसीटोल हनुमन्ते खोला नजिकै एक युवकको हत्या भएको छ ।

बालकोट बंगलामुखी देखि हनुमन्ते खोला फलामे पुलतर्फ जाने बाटो मुनि खाली जग्गामा अज्ञात व्यक्तिहरुको कुटपिटबाट सुर्यविनायक नगरपालिका वडा नं १ सिरुटार घर भएका ३३ वर्षीय राजन श्रेष्ठको हत्या भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रकाशित : 8 December, 2021

प्रतिक्रिया दिनुहोस्