४.७६ करोड नाफाःहिमालयन रिइन्स्योरेन्स

सहयात्रा टिभी

काठमाडौं । मंसिर २३,  हिमालयन रिइन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०७८र०७९ को पहिलो त्रैमाससम्ममा चार करोड ७६ लाख ८० हजार रुपैयाँ नाफा गरेको छ ।

 

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा २०७८ असोजसम्ममा ८ करोड ८० लाख बीमा शुल्क आर्जन गरेको र एक करोड ७१ लाख खुद दावी भुक्तानी गरेको उल्लेख गरेको छ ।

कम्पनीले ७ करोड ९२ लाख रुपैयाँ आम्दानी गरेकोमा ३५ लाख ८१ हजार व्यवस्थापनमा ७५ लाख ६८ हजार कर्मचारी बोनसमा २ करोड ४३ लाख सरकारी करका लागि छुट्याएको छ ।

हिमालयन रिइन्स्योरेन्स देशको दोस्रो पुनर्बीमा कम्पनी हो ।

प्रकाशित : 9 December, 2021

प्रतिक्रिया दिनुहोस्