शेयर बजार
सहयात्रा टिभी
काठमाडौँ । मंसि २४, शेयर बजार लगातार घट्दा यसको असर दैनिक कारोबारमा समेत देखिएको छ ।
बजार घटेसँगै शेयर लगानीकर्ताहरु निस्क्रिय हुने क्रम बढेको छ भने यसले दैनिक हुने कारोबार संख्या र सरकारलाई प्राप्त हुने राजश्वमा समेत असर गरेको छ ।
कुनै बेला ३ हजार २ सय अंकमा पुगेर ऐतिहासिक रेकर्ड बनाएको नेप्से परिसूचक बिहीबारसम्म घटेर २ हजार ४ सय ४९ अंकमा झरेको छ । ६ महिनामा नै यति ठूलो गिरावट आएको हो । उच्च बिन्दु भन्दा नेप्से परिसूचक अहिले ५ सय ५१ अंकले घटेको छ