संघीय संसदको अधिवेशन आज बाट सुरु

काठमाडौँ । मंसिर २८, संघीय संसदको अधिवेशन आज देखि सुरु हुँदैछ। प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक दिउँसो २ बजे बस्दैछ।
संसद सचिवालयका अनुसार नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरिवेक्षण र समन्वय पहिलो संशोधन अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश र सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश बैठकमा पेश हुनेछ।
नेकपा एमालेले संसद पुनर्स्थापना देखि नै विरोध गर्दै आएको छ। अब बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे आजको संसदीय दलको बैठकले निर्णय गर्ने एमाले प्रमुख सचेतक विशाल भट्टराईले बताए।