नक्कली नोटसहित दुई भारतीय नागरिक पक्राउ

सहयात्रा टिभी

सर्लाही । पुस ४, सशस्त्र प्रहरीले सर्लाहीको सदरमुकाम मलङ्गवाबाट एक लाख १५ हजार नेपाली नक्कली रुपैयाँसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

भारतको सीतामढी थाना सोनवर्षा ग्राम वडा नम्बर ६ का ३७ वर्षीय आशिष भन्ने सुरेन्द्र महतो र सीतामढी थाना सोनवर्षा ग्राम लालबन्दी चिलरी वडा नम्बर(१ का ४८ वर्षीय प्रमोदकुमारलाई नक्कली नेपाली नोटसहित पक्राउ गरिएको हो ।

उनीहरु दुबैलाई सर्लाही सदरमुकाम मलङ्गवातर्फ आउँदै गर्दा नेपाल भारत सीमा नजिक गोरखाकालीबाट शनिबार राति पक्राउ गरेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित : 19 December, 2021

प्रतिक्रिया दिनुहोस्