सेयर बजार
सहयात्रा टिभी
काठमाडौँ । पुस १४, नेप्सेमा सामान्य वृद्धि भएको छ । बुधबार बजार परिसूचक नेप्से ५.५१ अंकले वृद्धि भएर २५२४.५० अंकमा बन्द भएको छ ।
बजार परिसूचकमा सामान्य वृद्धि हुँदा व्यापार, विकास बैंक, वित्त कम्पनी, जीवन बिमा र लगानी उपसूचकमा भने गिरावट भएको छ । नेप्सेमा सामान्य वृद्धि भए पनि निर्जीवन बिमा उपसूचक भने २.२१ प्रतिशतले बढेको छ ।
आज बजारमा कारोबार रकम पनि केही बढेर साढे तीन अर्बमाथि पुगेको छ । ५६ लाख ३८ हजार २७९ कित्ता सेयर किनबेच हुँदा तीन अर्ब ६२ करोड ३४ लाख ८० हजारको कारोबार भएको छ ।