माओवादीको अनुरोधमा प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौं । पुस १८, संघीय संसद प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ ।
संसद्को तेस्रो दल नेकपा माओवादी केन्द्रको महाधिवेशन चलिरहेकाले बैठक स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ ।
संसद् बैठकअघि बोलाइएको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक पनि स्थगित भएको छ । सभामुख सापकोटाले विहान ११स्३० बजे शंकर हलमा कार्यव्यवस्थाको बैठक बोलाएका थिए । संसद्मा प्रमुख प्रतिपक्षी नेकपा एमालेले निरन्तर विरोध गर्दै आएको छ ।