चौरमै पढ्छन् बालबालिका

सहयात्रा टिभी

काठमाडौं । पुस १८, दैलेख कक्षा कोठा अभावमा जिल्लाको गुराँस गाउँपालिका–४ चिसापानीस्थित बाल कल्याण नमुना आधारभूत विद्यालयका बालबालिका चौरमै बसेर पढ्न बाध्य छन्।

विद्यालयमा प्रारम्भिक बालविकास केन्द्र इसि डीदेखि कक्षा ७ सम्म पढाइ हुन्छ। चार भवनका ८ वटा कोठा रहेको विद्यालयमा एउटा कक्षा खुल्ला चौरमै बसेर पढ्न बाध्य भएका हुन्।

विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बिसीले कक्षा कोठा अभावमा एउटा कक्षालाई चौरमै राखेर पढाउनुपर्ने बाध्यता रहेको बताए।

 

 

प्रकाशित : 2 January, 2022

प्रतिक्रिया दिनुहोस्