माओ‌वादीले टुंग्यायो राष्ट्रिय सभा उम्मेदवारको नाम

सहयात्रा टिभी

काठमाडौं । पुस २०, नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारको नाम टुंगो लगाएको छ।

अध्यक्ष पुष्पकमल दाहालले पार्टीको भागमा परेको पाँच सिटमा उम्मेदवारको टुंगो लगाएका छन्।माओवादीले प्रदेश २ महिलामा उर्मिला अर्याल, गण्डकी अन्यमा सुरेश आले मगर, दलिततर्फ गोरखाका भरत सुनार, अपांगमा सुर्खेतका नरबहादुर विष्ट र सुदूरपश्चिम प्रदेश दलित कोटामा जगत पार्कीलाई उम्मेदवार बनाउने निर्णय गरिएको छ।

महाधिवेशनपछि नवनिर्वाचित केन्द्रीय समितिको सोमबार दिउँसो बसेको बैठकले अध्यक्ष दाहाललाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार छनोटका लागि अधिकार दिएको थियो। यही माघ १२ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ।

 

 

प्रकाशित : 4 January, 2022

प्रतिक्रिया दिनुहोस्