राप्रपा केन्द्रीय समितिमा मनोनयनप्रति कमल थापाको आपत्ति

काठमाडौं । पुस २२, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का पूर्वअध्यक्ष कमल थापाले पार्टीको केन्द्रीय समितिमा सदस्य मनोनयन गर्दा विधानको उल्लंघन तथा पक्षपात भएको आरोप लगाएका छन्।
अहिले राप्रपा केन्द्रीय समितिमा सदस्यहरूको मनोनय गर्दा पनि थापाले प्रश्न उठाएका हुन्।
‘राप्रपा केन्द्रीय समितिमा एकपक्षीय र पूर्वाग्रही रूपमा गरिएको मनोनयनको भत्सर्ना गर्दछु’, थापाले भनेका छन्, ‘३३ प्रतिशत अनिवार्य महिला मनोनीत गर्नुपर्ने विधानको व्यवस्था उल्लंघन भएको छ।
मधेसी समुदाय, दलित, महिला र काठमाडौंलाई उपेक्षा गरिएको छ। जनाधार भएका नेताहरूलाई उपेक्षा गरी चुनाव हारेकालाई मनोनीत गरिएको छ।’