भारतमा विषालु ग्यासका कारण ६ जनाको मृत्यु, २० व्यक्ति अस्पताल भर्ना

सहयात्रा टिभी

काठमाडौं । पुस २२,  भारतमा विषालु ग्यासका कारण ६ जनाको मृत्यु भएको छ ।

गैरकानुनी रूपमा फ्याँकिएको केमिकलका कारण उत्सर्जित विषालु ग्यासका कारण गुजरातको एउटा रङरोगन मिलका कामदारको ज्यान गएको हो । श्वासप्रश्वासमा समस्या भएपछि २० जनाभन्दा बढी व्यक्तिलाई अस्पताल भर्ना गरिएको छ ।

गुजरातको औद्योगिक सहर सुरातमा बिहीबार बिहान ४ बजेतिर यो घटना भएको हो । कामदारहरू मिलमै भएको बेला नजिकै केही केमिकलहरू फ्याँकिएको पाइएको प्रहरी र अग्निनियन्त्रक अधिकारीले जनाएका छन् ।

एउटा ट्यांकरबाट केमिकलहरू गैरकानुनी रूपमा मिलनजिकैको खोल्सामा खन्याइएको र सम्भवतः पानीमा अर्को केमिकलसँग मिसिँदा विषालु ग्यास उत्सर्जन भएको सुरात म्युनिसिपल कर्पोरेसनका अग्निनियन्त्रक अधिकारी वसन्त परीकले बताए ।

 

 

 

प्रकाशित : 6 January, 2022

प्रतिक्रिया दिनुहोस्