दाङमा मोटरसाइकल दुर्घटना एकको मृत्यु

काठमाडौं । पुस २५, दाङमा मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।
दुर्घटनामा दुई जना घाइते भएका छन् । दुर्घटनामा रा २ प १८४० नम्बरको मोटरसाइकलका चालक घोराही–१० का ५३ वर्षका पदम बस्नेतको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
मदन बस्नेत र टेकबहादुर बस्नेत घाइते भएका छन्।
मोटरसाइकल घोराही–११ बुकालीडाँडा नजिक जीप र टिप्परसँग ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता मुकुन्द रिजालले जानकारी दिनुभयो ।