बाँकेमा बाघको आक्रमणबाट महिलाको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । पुस २५, पाटे बाघको आक्रमणबाट बाँकेमा एक महिलाको मृत्यु भएको छ । राप्तीसोनारी गाउँपालिका–६ की ३२ वर्षीया चाँदनी थारुको शनिबार बिहान बाघको आक्रमणवाट मृत्यु भएको हो ।

नजिकैको सामुदायिक वनमा छोरा, छोरीसहित दाउरा लिन गएकी थारुको बाघले आक्रमणगर्दा मृत्यु भएको मृतकका दाजु ओमराज चौधरीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नजिकैको जंगलमा बाघले थारुलाई आक्रमण गरेकोे खबर पाएपछि प्रहरीको टोली र स्थानीयहरुले खोजतलाश गर्दा १२ बजेर २० मिनेटमा शव फेला परेको हो ।

पछिल्लो समय बाँकेमा बाघको आक्रमणका घटना बढन थालेका छन । बिहिबार मात्रै राप्तीसोनारी–४ की ५४ बर्षिय महिला लिला बिष्टको बाघको आक्रमणबाट मृत्यु भएको थियो ।

सामुदायिक वनमा पाटे बाघको आतंक बढेपछि स्थानीय त्रासमा छन् । तिन महिना यता बाँकेमा बाघको आक्रमणवाट चार जनाको मृत्यु भईसकेको छ ।

प्रकाशित : 9 January, 2022

प्रतिक्रिया दिनुहोस्