कमल थापाले गरे बतासको बचाउ

काठमाडौं । पुस २६, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका पूर्वअध्यक्ष कमल थापाले बतास ग्रुपका मालिक आनन्दराज बतासको बचाउ गरेका छन् ।
उनले सामाजिक सञ्जालमा पोस्ट गर्दै बतास एक उद्यमी र आध्यात्मिक विचार भएको मिलनसार व्यक्ति भएको बताएका छन् । बतासले कानुनको उल्लंघन गरेको भए कानुनी कारबाही गरिनुपर्ने थापाको भनाइ छ ।
उनले लेखेका छन्, ‘आनन्दराज बतास बिरुद्ध अहिले चौतर्फी हमला भैरहेको छ ।भित्री रहस्य थाहा छैन । मैले चिनेको सामान्य अवस्थाबाट संघर्ष गर्दै सफलतातर्फ अग्रसर एक उद्यमी र आध्यात्मिक विचार भएको मिलनसार व्यक्ति हुन् ।
उनीबाट कानुन उल्लंघन भएको छ भने कानुनी कारबाही गरिनुपर्छ । चरित्रहत्या गरिनु ठिक होइन ।’
नारायणहिटी दरबार संग्रहालयमा कफीसप खोल्नेदेखि थुप्रै ठेक्का हात पारेको समाचार आएपछि बतास अहिले चर्चामा छन् ।