ट्याक्टरको ठक्करबाट विद्यार्थीको मृत्यु

काठमाडौं । पुस २८, पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको उर्लाबारी ३ स्थित सोल्टी पुलमा बुधबार बिहान ट्याक्टरको ठक्करबाट एक जना विद्यार्थीको ज्यान गएको छ।
कलेज गइरहेका एक विद्यार्थीको बुधरबार बिहान ५ स् ३० बजे ट्याक्टरको ठक्करबाट मृत्यु भएको हो।
प्रदेश १(०१(०१२ प ७१५२ नम्बरको मोटरसाइकलमा नेपाल दर्शन कलेज गइरहेका उर्लाबारी(७ का निश्चल बानियाँको को२त ८२९६ नम्बरको ट्याक्टरले ठक्कर दिएर ज्यान गएको हो।
विपरित दिशाबाट आउँदै गरेको ट्याक्टरको ठक्करबाट २१ वर्षीय बानियाँको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ।
ठक्कर दिने ट्याक्टर र चालक मोरङको मिक्लाजुङ गाउँपालिका(६ का १९ वर्षिय मोहन तामाङ प्रहरी नियन्त्रणमा छन्।