८० वर्ष नाघेकालाई निःशुल्क एम्बुलेन्स सेवा

सहयात्रा टिभी

काठमाडौं । पुस ३०, तनहुँको आँबुखैरेनी गाउँपालिकाले एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । डेढ वर्षअघिदेखिको निरन्तर प्रयासपछि हालै एम्बुलेन्स आइपुगेको हो ।

गाउँपालिकाले आर्थिक वर्ष ०७७/७८ मा एम्बुलेन्स खरिदका लागि बजेट निकासा गरे पनि कोरोनाका कारण ल्याउन ढिला भएको थियो ।

८० वर्ष नाघेका नागरिकलाई निःशुल्क, ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट र अन्यलाई सहुलियत दरमा एम्बुलेन्स सेवा उपलब्ध गराउने योजना बनाइएको गाउँपालिकाका अध्यक्षले जानकारी दिए ।

प्रकाशित : 14 January, 2022

प्रतिक्रिया दिनुहोस्