कोरोना बाट मृत्यु भएका व्यक्ति परिवारलाई एक लाखका दरले राहत

सहयात्रा टिभी

काठमाडौं । माघ १२, कोभिड १९ संक्रमणका कारण मृत्यु भएका व्यक्तिका परिवारलाई राहत वितरण गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले कोभिड १९ संक्रमणबाट ज्यान गुमाएकाहरुका परिवारलाई राहत रकम वितरण गरेको हो ।

कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट प्राप्त भएको १७ लाखबाट रुपैयाँ प्रति मृतकका परिवारलाई एक लाखको दरले नगद वितरण गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले जानकारी दिए ।

कोभिड १९ महामारीको समयमा परिवारको सदस्य गुमाएर पीडामा परेका परिवारलाई उक्त रकमले केही राहत मिल्ले प्रजिअ देवकोटको भनाइ छ ।

राहत वितरण कार्यविधि २०७८ को अनुसुची १, २ र ३ मा उल्लेख भए बमोजिम सरकारले मान्यता दिएको ल्याबले प्रमाणित गरेको कोभिड १९ संक्रमित भएको पिसिआर रिपोर्ट र एन्टिजेन्ट रिपोर्ट सक्कलै प्रति दुई मध्ये कुनै एकलाई आधार मानेर कर्णाली प्रदेश सरकारले निर्णय गरी राहतस्वरुप उक्त रकम उपलब्ध गराइएको छ ।

प्रकाशित : 26 January, 2022

प्रतिक्रिया दिनुहोस्