चिसोले कष्टकर बन्दै विपन्न तथा मजदुरको दिनचर्या

सहयात्रा टिभी

काठमाडौं । माघ १५, बाँकेमा दुई हप्तादेखि निरन्तर बढिरहेको चिसोले विपन्न तथा मजदुरको दिनचर्या कष्टकर बनेको छ। चिसोका कारण आम जनजीवन प्रभावित भए पनि विपन्न तथा मजदुरलाई जाडो छल्न ठूलो समस्या भएको छ।

विकल्पविहीन गरिब तथा ज्येष्ठ नागरिक अत्यधिक चिसोले कठ्याङ्ग्रिएर बस्न बाध्य छन् ।

बाँकेमा पछिल्लो तीन दिन अत्यधिक चिसो महसुस गरिएको छ। नेपालगञ्जको न्यूनतम तापक्रम ८.४ डिग्री सेल्सियसमा झरेको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका प्रमुख वरिष्ठ जल अधिकृत विनोद पराजुलीले जानकारी दिए।

चिसोका र शीतलहरबाट २६ हजार ३६ परिवारका एक लाख ६६ हजार प्रभावित हुनसक्ने जिल्ला विपद् व्यवस्थापन समितिले आकलन गरेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले जानकारी दिए। उनले गरिब तथा निमुखालाई न्यानो कपडा उपलब्ध गराउने काम भइरहेको बताए।

त्यसका लागि जिल्ला विपद् व्यवस्थापन समितिले ६०० थान कम्बल खरिद गरेर वितरण गरिरहेको उनको भनाइ छ।

प्रकाशित : 29 January, 2022

प्रतिक्रिया दिनुहोस्