इटहरीमा खुल्यो कार्जस्पा

काठमाडौं । माघ १४, कार्जस्पा कार डिटेलिङको इटहरीमा दोस्रो शाखा सञ्चालनमा ल्याइएको छ।
कार तथा मोटरसाइकलको डिटेलीङ गरिने कार्जस्पा काठमाडौंपछि सुनसरीस्थित इटहरीको धरान लाइन हलगडामा शोरुम उद्घाटन गरी सञ्चालनमा ल्याइएको हो ।
लामो समय लण्डन बसेर फर्किएका इटहरीका युवा बहत्तर लिम्बुले सञ्चालनमा ल्याएको कार्जस्पा डिटेलिङको पूर्वभूमिसुधार मन्त्री रामकुमार सुब्बाले उद्घाटन गरेका हुन्।
पूर्वकै व्यापारिक केन्द्रको रुपमा रहेको इटहरी उपमहानगरपालिका चारै तर्फका धरान र विराटनगर, बिर्तामोडलगायतका सवारीसाधन प्रयोगकर्ताहरुलाई लक्षित गरेर इटहरीमा सञ्चालनमा ल्याएको बताए ।