शेयर बजार
काठमाडौं । माघ १६, शेयर बजारमा आइतबार उछाल आएको छ।
गत साताभरि १५१ अङ्कले घटेको नेप्से परिसूचक आइतबार भने १०५ अङ्कले बढेको छ। यो ३.८ प्रतिशतको वृद्धि हो। यो सँगै नेप्से परिसूचकले २ हजार ८८५ बिन्दु पार गरेको छ ।
आइतबार नेप्सेमा कारोबार भएका एक बाहेक सबै कम्पनीको शेयर मूल्य बढेको छ। विन नेपाल लघुवित्त, लिबर्टी इनर्जी, नेपाल इन्फ्रास्ट्रक्चर ब्यांक, बुद्धभूमि नेपाल हाइड्रो र अरुण भ्याली हाइड्रोपावर गरी ६ कम्पनीका लगानीकर्ताले झण्डै १० प्रतिशत नाफा कमाएका छन्।
अन्य कैयौं कम्पनीको शेयर मूल्य पनि आठ प्रतिशतभन्दा धेरैले बढेको छ। तर, मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर मूल्यमा भने झिनो गिरावट आएको छ।
आइतबार विभिन्न समूहका उपसूचक पनि बढेका छन्। विकास ब्यांक समूह ६.५६ प्रतिशत, फाइनान्स ६।३४ प्रतिशत, जलविद्युत् ५।६३ प्रतिशत, लगानी ६।३६ प्रतिशतले बढे। त्यसै गरी, ब्यांकिङ समूह २।६ प्रतिशत र लघुवित्त ३.२५ प्रतिशतले बढे।
आइतबार २३१ कम्पनीका रु।६ अर्ब ३२ करोड मूल्य बराबरका शेयर किनबेच भए। जेठमा स्थानीय चुनाव हुने निश्चित भएपछि शेयर बजारमा उत्साह आएको अनुमान गरिएको छ। शनिबार सत्तासीन दलहरूको बैठकले जेठमा स्थानीय चुनाव गर्ने निधो गरेको थियो।
चुनाव भएका वर्षहरूमा शेयर बजारमा उत्साह आउने गरेको छ। चुनाव हुने भएपछि बजारमा रकम आउने कारणले गर्दा लगानीकर्ता उत्साहित हुने गर्छन्।