भारतमा कोरोनाःसंक्रमित घटे, मृतक बढे

सहयात्रा टिभी

काठमाडौं । माघ १७, भारतमा दैनिक रूपमा कोरोना संक्रमितको संख्या घटिरहेको छ।

संक्रमित संख्या घटे पनि मृत्युदर भने बढ्दो छ । गत २४ घन्टामा भारतमा २ लाख जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अघिल्लो दिनको तुलनामा झण्डै ३४ हजारले घटेको हो ।

त्यस्तै, पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ९५९ जनाको मृत्यु भएको छ । यसअघि आइतबार ८३९ जनाको मृत्यु भएको थियो ।

कोरोना संक्रमण बढेसँगै सरकारले खोप अभियानलाई पनि तीव्र पारेको छ । भारतमा ७५ प्रतिशत वयस्कले कोरोना खोपको पूर्ण मात्रा लगाएका छन् ।

प्रकाशित : 31 January, 2022

प्रतिक्रिया दिनुहोस्