दूधको मूल्य ६५२ रूपैयाँ बढाउने सरकारको निर्णय

काठमाडौं । माघ १८, सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले दूधको मूल्य बढाएको छ। बैठकले किसानले पाउने मूल्य बढाएको हो।
सरकारले दूधको मूल्य ६.५२ रूपैयाँ बढाउँदै प्रतिलिटर ५६ रुपैयाँ कायम गरेको छ। यसअघि दूधको मूल्य प्रतिलिटर ४९.५२ रुपैयाँ थियो।
किसानहरुले दुधको उत्पादन लागत बढेको भन्दै मूल्य बढाउन माग गर्दै आएका थिए। बैठकमा सहभागी एक मन्त्रीले दूध लिटरमा १३.१७ प्रतिशत अर्थात् ६.५२ रुपैयाँले वृद्धि गर्ने निर्णय भएको जानकारी दिए। उपभोक्ताका लागि प्रशोधित दूधको मूल्य दुग्ध विकास संस्थानले तय गर्नेछ।