चारवटा मूर्ति बोकेर हिँडिरहेको अवस्थामा दुईजना पक्राउ

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन ३, चारवटा ढलोटको मूर्ति बोकेर हिँडिरहँदा दुईजना पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीका अनुसार काठमाडौंको स्वयम्भूबाट तीनवटा गणेशको मूर्ति र एउटा बुद्धको मूर्ति साथमा लिएर हिँडिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकका १८ वर्षीय सुदीप नेपाली र रसुवाका १८ वर्षीय रमेश बागदास छन् ।

प्रकाशित : 15 February, 2022

प्रतिक्रिया दिनुहोस्