भुसको गोदाममा आगलागी

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन १९, मकवानपुरको हेटौंडा उपमहानगरपालिका ८ रहेको एक उद्योगमाआगलागी भएको छ ।

हेटौंडा ८ विकास टोल बस्ने टिका प्रसाद कडेलको भुसको गोदाममा गएराति आगलागी भएको हो ।

गएराति साँडे ११ बजेबाट सुरु भएको आगलागी बिहानसम्म पनि पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको थिएन । जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले आगो निभाउने कार्य जारी रहेको बताए ।

हेटौंडा उपमहानगरपालिकाको दमकल, जितपुर सिमरा उपमहानगरपालिकाको दमकल,खैरेनी नगरपालिकाको दमकल,नेपाल आयल निगमको दुई वटा दमकल गरी ५ वटा दमकल र प्रहरीको सहयोगमा आगो निभाउने कार्य भईरहेको छ ।

आगलागी नियन्त्रणको लागि जिल्ला प्रहरी कार्यलय मकवानपुरबाट प्रहरी निरीक्षकको कमाण्डमा १५ जना,बागमती प्रदेश विपद् व्यवस्थापन गुल्मबाट प्रहरी नायब निरीक्षकको कमाण्डमा ७ जनाको टोली, शसस्त्र प्रहरी बल नेपाल १४ नंबर गण मकवानपुरबाट सप्रनिको कमाण्डमा २१ जनाको टोली खटिएको प्रवक्ता रिमालले बताए ।

प्रकाशित : 3 March, 2022

प्रतिक्रिया दिनुहोस्