ललितपुरबाट तीन लाख ८५ हजारसहित २४ जुवाडे पक्राउ

काठमाडौं । फाल्गुन २२, प्रहरीले ललितपुरबाट जुवा खेलिरहेको अवस्थामा २४ जनालाई पक्राउ गरेको छ ।
शनिबार साँझ इमाडोलस्थित एकबहादुर रानाको टहराबाट प्रहरीले ३३ वर्षीय तेजबहादुर थापासहित २४ जनालाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट तीन लाख ८५ हजार ३३० रुपैयाँ बरामद भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी सिद्धिविक्रम शाहले जानकारी दिए ।