५० वर्ष माथिका नागरिकलाई वर्षमा एकपटक निस्शुल्क स्वास्थ्य परीक्षण ज्येष्ठ नागरिक अस्पताल बनाइने
सहयात्रा टिभी
काठमाडौं । फाल्गुन २७, सरकारले ज्येष्ठ नागरिक अस्पताल बनाउने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरषद् बैठकले ज्येष्ठ नागरिक केन्द्रित अस्पताल बनाउने निर्णय गरेको हो ।
बैठकले ५० वर्ष माथिका नागरिकलाई वर्षमा एकपटक निस्शुल्क स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाउने पनि निर्णय भएको स्वास्थ्यमन्त्री विरोध खतिवडाले जानकारी दिए ।