आईपीओ निष्कासनको तयारीमा उपकार लघुवित्त
सहयात्रा टिभी
काठमाडौं । चैत १०, उपकार लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासन गर्ने भएको छ।
कम्पनीले सर्वसाधारणमा आइपीओको निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ।
लघुवित्तले २ करोड ६६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ६६ हजार २५० कित्ता सेयर निष्कासनको अनुमति पाएको हो।
बोर्डले कम्पनीलाई चैत ७ गते आईपीओ निष्कासन गर्न अनुमति दिएको हो। कम्पनीले कुल पूँजीको ३६ प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्न लागेको हो।
लघुवित्तको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट क्यापिटल रहेको छ।