काठमाडौंमा फोहोरमा सालनालसहित मृत शिशु फेला

सहयात्रा टिभी

काठमाडौं। चैत १७,  काठमाडौंको सेतो पुल नजिकै सालनालसहितको नवजात शिशु फेला परेको छ ।

सेतो पुल नजिकैको फोहोर फाल्ने ठाउँमा सालनालसहितको मृत शिशु फेला परेको प्रहरीले जनाएको छ ।

दिन पुगेर बच्चा जन्माएर त्यहाँ फालिएको अवस्थामा प्रहरीले मृत शिशुलाई फेला पारेको हो । अहिले महानगरीय प्रहरी बृत्त कमलपोखरीबाट प्रहरी नायव उपरीक्षक डिएसपी मिनबहादुर कुँवर क्षेत्री घटनास्थलमा छन् ।

बिहीबार बिहान १०ः५५ बजेको समयमा फोहोर फाल्ने ठाउँमा बच्चा रहेको जानकारी आएपछि प्रहरी खटिएको थियो ।

अवैध रूपमा गर्भधारण गरेकी महिलाले जन्माएर शिशुलाई त्यहाँ फालेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी क्षेत्रीले बताए ।

प्रकाशित : 31 March, 2022

प्रतिक्रिया दिनुहोस्