तीन युवक सवार मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

काठमाडौं। चैत २१, मोरङको बूढीगंगा गाउँपालिका २, टंकीचोकमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुईजना घाइते छन् ।
मोटरसाइकल चालक सुनसरीको इटहरी उपमहानगरपालिका(१९, खनारका २२ वर्षीय अनिश कार्कीको मृत्यु भएको हो । उनको उपचारका क्रममा मोरङस्थित विराट मेडिकल कलेजमा आइतबार राति पौने १० बजे मृत्यु भएको जनाइएको छ ।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा पछाडि सवार मोरङको जहदा गाउँपालिका(४ का २१ वर्षीय सुमन राजवंशी र विराटनगर महानगरपालिका ११ का १८ वर्षीय रोनिस दाहालको सोही अस्पतालमा उपचार भइरहेको छ ।
गए राति करिब सवा ९ बजे तीनजना सवार को१७प ७६७२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिएको इलाका प्रहरी कार्यालय नेमुवाले जानकारी दिएको छ ।