झापामा चट्याङ लागेर महिलाको मृत्यु
सहयात्रा टिभी
काठमाडौं। चैत २७, चट्याङ लागेर आइतबार अपराह्न झापाको गौरादहमा एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गौरादह नगरपालिका ५ की ४० वर्षीया मनमाया थापा छिन् । अपराह्न १ बजेतिर घर पछाडिको बारीमा काम गर्दै गरेकी थापालाई चट्याङ लागेको थियो ।
हावाहुरी र पानीसँगै परेको चट्याङ लागेर थापा सिकिस्त बनेकी थिइन् । उपचारका लागि गौरादहस्थित मेडिम्याक्स अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


