४४.५६ प्रतिशतले नेप्से घट्दा २ अर्ब माथिको कारोबार
काठमाडौं। चैत २८, आज सेयर बजार घटेको छ। सोमबार सेयर बजारको परिसूचक ४४.५६ अंकले घटेर २,४१९.८० पुगेको हो।
दिनभर जम्मा २३३ कम्पनीको ५० लाख ९५ हजार ८३४ सेयर किनबेच हुँदा २ अर्ब २६ करोड ७ लाख ८६ हजार ६२८ रुपैयाँ १४ पैसाको कारोबार भएको छ।
कारोबार भएका कुल कम्पनीमध्ये १७६ कम्पनीको मूल्य घटेको छ भने जम्मा १७ कम्पनीको मूल्य बढेको छ। बाँकी २ कम्पनीको मूल्य स्थिर छ।
आज कारोबारमा आएका १३ वटा उपसमूहहरूमध्ये सबै उपसमूहको सूचक नकारात्मक देखिएको छ।
सोमबार नेष्डो समृद्धि लघुवित्त वित्तिय संस्थाको सेयर १० प्रतिशतले बढेको छ। जल्पा सामुदायिक लघुवित्त वित्तिय संस्थाको सेयर भने ९.९९ प्रतिशतले बढेको छ। यीबाहेक अन्य संस्थाको सेयर भने ३ प्रतिशतभन्दा कमले मात्रै बढेको छ।
नेपाल स्टक एक्सचेन्जकाअनुसार आज नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै सेयर कारोबार भएको छ। कम्पनीको १६ करोड ५२ लाख ८० हजार १६४ रुपैयाँ १० पैसाको कारोबार भएको हो।
यसपछि, निफ्राको ७ करोड २१ लाख २० हजार १५८ रुपैयाँ, नबिल बैंकको ६ करोड ९२ लाख ८७ हजार ३२ रुपैयाँ, एनआइसी एसिया बैंकको ६ करोड ८६ लाख ८८ हजार ४१९ रुपैयाँ, र हिमालयन डिस्टिलरी लिमिटेडको ६ करोड ७८ लाख ६१ हजार ५९६ रुपैयाँ ४० पैसाको कारोबार भएको छ।