वर्षको पहिलो कारोबार दिन नेप्सेमा दोहोरो अंकको गिरावट
सहयात्रा टिभी
काठमाडौं। वैशाख ४, कारोबार हुने साताको पहिलो दिन आइतबार ९आज० शेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ।
साताको चौथो कारोबार दिन गत बुधबार ३० दशमलव २४ अंकले वृद्धि भएको बजार आज २९ दशमलव ६० अंकले घटेर २ हजार ३८५ विन्दुमा झरेको हो।
आइतबार २३३ वटा धितोपत्रको ३४ लाख ७ हजार कित्ता शेयर खरिद बिक्री भएका छन्। जसबाट १ अर्ब ४४ करोड ७ लाख २३ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ।
आइतबार १३ वटै समूहको परिसूचक घटेको छ। सबैभन्दा बढी फाइनान्स समूहको २ दशमलव ३२ प्रतिशतले घटेको हो। त्यस्तै, आइतबार पनि नेष्डो समृद्ध लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।
कारोबार रकमको आधारमा नेपाल दुरसञ्चार कम्पनीको ४ करोड ९९ लाख ४७ हजार ३८१ रुपैयाँ बराबरको शेयर खरिद बिक्री भयो।