भर्चुअल समर्थनलाई भोटमा बदल्ने चुनौतीःबालेन शाह

काठमाडौं। वैशाख २०, ३१ वर्षीय बालेन्द्र शाह बालेन पेशाले इन्जिनियर हुन् । काठमाडौं महानगरको मेयर पदमा स्वतन्त्र उम्मेदवारीले उनलाई थप चर्चामा ल्याएको छ ।
काठमाडौंको गौरीगाउँमा जन्मिएका शाह आयुर्वेदिक चिकित्सक डा.राम नारायण शाह र ध्रुवदेवी शाहका छोरा हुन् ।
ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक र भारतको कर्नाटक विश्वेश्वरैया राष्ट्रिय प्रौद्योगिक संस्थानबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर उनी पेशाको क्रममा देशका ६५ जिल्ला पुगेको बताउँछन् ।