रेबिज संक्रमण बढ्दै

सहयात्रा टिभी

काठमाडौं। ज्येष्ठ ४, रेबिजको लक्षण देखिएपछि टेकु अस्पताल पुर्‍याइएकी काठमाडौंकी २७ वर्षीया मनिता जोशी नाम परिवर्तनको शनिबार ज्यान गयो ।

उनलाई घरमै पालेको कुकुरले एक महिनाअघि टोकेको थियो । घरकै कुकुरले टोक्दा रेबिज नहोला भनेर उनले बेवास्ता गरिन् । तर, पछि रेबिजको लक्षण देखिएपछि अस्पताल पुगेकी थिइन् ।

परीक्षणपछि उनमा रेबिज देखियो र सोही कारण ज्यान गुमाउनुपरेको चिकित्सकहरूले बताए । घरमै पालेको कुकुरले टोक्दा रेबिज हुँदैन भन्दै रेबिजविरुद्धको खोप नलगाउँदा जोशीले जस्तै ज्यान गुमाने बढिरहेको चिकित्सकहरूको भनाइ छ ।

उनीहरूका अनुसार वैशाख महिनामा मात्रै टेकु अस्पतालमा रेबिजका कारण ज्यान गुमाउने ६ जना पुगिसकेका छन् । जसमध्ये अधिकांश घरपालुवा जनावरको टोकाइबाट रेबिज संक्रमण भएका छन् ।

प्रकाशित : 18 May, 2022

प्रतिक्रिया दिनुहोस्