दुईहजार ७६८ जनामा परीक्षण गर्दा १० जनामा कोरोना पुष्टि

सहयात्रा टिभी

काठमाण्डौ । ज्येष्ठ ९, पछिल्लो २४ घण्टामा देशभर १० जना कोभिड १९ संक्रमित थपिएका छन् ।

दुईहजार ७६८ वटा नमुना परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको हो ।

आज १६ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या १३३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित : 23 May, 2022

प्रतिक्रिया दिनुहोस्