आजको तपाईंको राशिफल

सहयात्रा टिभी
।। श्री वक्रतुण्ड महाकाय सूर्य कोटी समप्रभा
निर्विघ्नं कुरु के देव सर्व–कार्येशु सर्वदा ।।

आज – १६ जेठ २०७९ सोमवार को राशिफल

मेष

(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) साझेदारी, शेयर मार्केट र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ । घरमा अतिथिको आगमन हुनेछ ।

मिथुन

(का, कि, कु, घ, ङ, छ, के, को, हा) अनावश्यक यात्रा हुने र कार्य सम्पादनमा समस्या आउला । स्वादिष्ट भोजनमा खर्च बढ्नेछ, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

सिंह

(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । पुरानो समस्या सुल्झाउन सकिनेछ । व्यापारमा वृद्धि हुनुका साथै कार्य लाभका योग पनि देखिन्छन् ।

तुला

(रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज अनावश्यक ठाउँमा धन खर्च होला । यात्रामा मालसामान हराउन सक्छ । मौसम अनुकूल नहुँदा स्वास्थ्यमा बाधा सिर्जना हुनसक्छ ।

धनु

(ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । ताकेको कार्य पुरा होला । दैनिक कार्यमा प्रगति हुनेछ ।

कुम्भ

(गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । मनोरञ्जनमा सहभागी भइएला । नयाँ कामको थालनी र लाभदायी सुखद् यात्राको योग पनि छ ।

बृष

(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज धार्मिक यात्राको योग छ । नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । प्रेममा मधुरता छाउनेछ ।

कर्कट

(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । शेयर बजार र वित्तिय संस्थाबाट लाभ मिल्नेछ ।

कन्या

(टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज कीर्तिमानी काम गर्ने समय छ । कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ, तर शेयर बजारबाट नोक्सानी बेहोर्नु पर्ला ।

बृश्चिक

(तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज रोकिएको कामको गाँठो फुक्नेछ । विद्याको क्षेत्र सबल रहनेछ । मन्दिरको दर्शनले काम सम्पन्न गर्न थप ऊर्जा र उत्साह मिल्नेछ ।

मकर

(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) ज्ञान सिक्ने मौका मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । काम गर्ने जोशजाँगर र उमंग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ ।

मीन

(दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) बौद्धिक काममा सफलता मिल्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । कुनै कुराले आत्मिक सन्तुष्टि मिल्नेछ, तर स्वास्थ्य प्रति सजग रहनु होला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रकाशित : 30 May, 2022

प्रतिक्रिया दिनुहोस्