संसारबाट लामखुट्टेको विनाश

सहयात्रा टिभी

काठमाडौँ । जेठ १९, लामखुट्टेले बर्सेनि लाखौँ मानिसलाई विभिन्न रोग सार्ने गर्छ ।

ती रोगले ठूलो संख्यामा मानिसको मृत्युसमेत हुन्छ । यही कारण संसारबाट लामखुट्टे हटाउन पो सकिन्छ भन्ने प्रश्नमाथि धेरै पहिलेदेखि बहस हुँदै आएको छ ।

के यस्तो गर्न सम्भव छ रु यदि छ भने यस दिशामा कुनै कदम चालिएको पो छ कि रु यस्तो कदम सम्भव नै देखियो भने पनि कार्यान्वयन गर्नु कत्तिको उचित हुन्छ र्शनशास्त्रभित्र ‘पर्यावरण दर्शनशास्त्र तथा नैतिकता’को खासा सुरु गराउनेमध्ये एक जे. बेयर्ड क्यालिकटले ४० वर्षदेखि नैतिकताको दायरा मानव समुदायभन्दा बृहत्तर बनाउनुपर्ने वकालत गर्दै आएका छन् ।

उनी पनि लामखुट्टेको कुनै प्रजातिको समूल नष्ट गर्नु नैतिकताविरुद्ध नहुने बताउँछन् । यसलाई उनी आत्मरक्षामा शत्रुको ज्यान गएको रूपमा बुझ्नुपर्ने बताउँछन् ।

यसका लागि उनले लामखुट्टेले सार्ने रोगबाट हुने मृत्युलाई ख्याल गर्न सुझाए । जस्तो अहिले नै लामखुट्टेले सार्ने मलेरियाकै कारण हरेक वर्ष करिब पाँच लाख मानिसको ज्यान जाने गर्छ, जसमध्ये धेरै बालबच्चा हुन्छन् । अरू थप रोगबाट झन् धेरैको ज्यान गइरहेको छ ।

प्रकाशित : 2 June, 2022

प्रतिक्रिया दिनुहोस्