जग्गा र विद्युत् समस्याले रोकियो कर्णालीको औद्योगिकीकरण

सहयात्रा टिभी

काठमाडौँ । जेठ २५, सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालनरत सुरक्षा ग्याबिन वायर ईण्डष्ट्रिज प्रालिले आफ्नो उत्पादन क्षमता अनुरूप उत्पादन गर्न सकिरहेको छैन ।

प्रयाप्त स्थान अभावकै कारण उद्योग आफ्नो उत्पादन कटौती गर्न बाध्य छ । वीरेन्द्रनगर औद्योगिक क्षेत्र परिसरभित्र करिब साढे तीन रोपनी क्षेत्रफलमा सञ्चालनमा रहेको सुरक्षा ग्याबिन वायरमा ग्याबिन बक्स तथा घेरबारका लागि प्रयोग हुने जाली उत्पादन हुन्छ ।

तर, उद्योगले माग बमोजिम भने उत्पादन गर्न सकिरहेको छैन । सुरक्षा ग्याबिन वायरका सञ्चालक कृष्ण रेग्मीले भने, ‘उद्योगमा उत्पादनले गति लिन सकिरहेको छैन । उपलब्ध जनशक्तिले पनि एकै साथ काम गर्न पाएका छैनन् ।

हालै मात्र सञ्चालनमा आएको यस कम्पनीमा ३० जनाले रोजगार पाएका थिए । रोजगारीमा महिलाको संख्या बढी थियो ।

तर, अहिले कम्पनीलाई जनशक्ति कटौती गर्नुपर्ने बाध्यता आइपरेको छ । आधा जनशक्ति कटौती गर्दै कम्पनीले १५ जनालाई मात्र नियमित काममा बोलाएको हो ।

 

प्रकाशित : 8 June, 2022

प्रतिक्रिया दिनुहोस्